नियम १५
नवीकरण सम्बन्धी ब्यवस्था
(१) प्रमाणपत्रको अवधि आर्थिक वर्षको अन्त्यसम्म हुनेछ ।
(२) प्रमाणपत्र नवीकरण गराउन चाहने समूहले प्रमाणपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा पन्ध्र दिन अगावै प्रमाणपत्र नवीकरणको लागि पच्चीस रुपैंयाँ दस्तुर सहित कल्याणकारी अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नवीकरणको लागि निवेदन प्राप्त भएमा कल्याणकारी अधिकृतले त्यस्तो प्रमाणपत्र नवीकरण गरिदिन सक्नेछ ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रमाणपत्रको अवधि समाप्त भएको तीन महिनाभित्र कुनै समूहले प्रमाणपत्र नवीकरण गर्न आएमा कल्याणकारी अधिकृतले थप एकसय रुपैया“ दस्तुर लिई त्यस्तो प्रमाणपत्र नवीकरण गरिदिन सक्नेछ ।